News पुलिसको फराकिलो जित, चर्च ब्वाईजलाई पनि सफलता
गोलनेपाल

त्रियुगा । उदयपुरमा जारी एन्फा महिला च्याम्पियनसिपतर्फ दावेदार मध्ये एक नेपाल पुलिस क्लब फराकिलो जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ ।

थरुहट रंगशालामा भएको क्वाटरफाइनलतर्फ पुलिसले एफसी रियलेलाई १०–० को फराकिलो अन्तरले हरायो । पुलिसको जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिकसहित ६ गोल गरीन् । मिना देउबाको नाममा दुई गोल रहँदा पुजा राना र बिर्सना चौधरीले समान एक–एक गोल गरे ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा चर्च ब्वाईज युनाइटेडले छहारी युवा क्लबलाई १–० को झिनो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । चर्च ब्वाईजको जितमा बर्षा ओलीले एक मात्र निर्णायक गोल गरीन् ।

कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments