News नाइजेरियन टोली जस्ट जोन ११औं भलुवा गोल्डकपको फाइनलमा
गोलनेपाल

भलुवा । पाहुना टोली जस्ट जोन फुटबल क्लब, नाइजेरिया सुनसरीमा जारी ११औं भलुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा जस्ट जोनले घरेलु टोली गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई २–० ले हराउँदै फाइनल यात्रा तय गर्न सफल भएको हो ।

खेलमा जस्ट जोनले दुवै गोल दोस्रो हाफमा गर्यो । खेलको ५०औं मिनटमा ओडागो अदामाले पहिलो गोल गरे भने ६१औं मिनटमा डेबिड तायोले दोस्रो गोल गर्दै अफ्रिकी टोलीको जित पक्का गरे । खेलमा जस्ट जोन कै गोलकर्ता ओडागो प्लेयर अफ दि म्याच बने ।

जस्ट जोनले अब यही फागुन ९ गते हुने फाइनलमा चात्या सा फुटबल क्लब, झापासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments