News उत्तर कोरिया र साविक विजेता चीन पनि नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उत्तर कोरिया र डिफेन्डिङ च्याम्पियन समेत रहेको चीन जारी एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह बी मा रहेका यी दुई टोलीले लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह चरणतर्फको आफ्नो दोस्रो खेलमा शुक्रबार उत्तर कोरियाले बंगलादेशमाथि ५–० को एकतर्फी जित निकाल्यो । त्यस्तै सोही समूहको अर्को खेलमा चीनले उज्वेकिस्तानलाई ३–० ले पराजित गर्यो ।

समूह चरणको अन्तिम खेलमा अब ९ मार्चका दिन बंगलादेशले उज्वेकिस्तानसँग खेल्नेछ भने सोही दिन चीन र उत्तर कोरिया पनि भिड्ने छन् । समूह चरणको अन्तिम खेलबाटै समूह विजेता र समूह उपविजेताको टुंगो समेत लाग्नेछ ।

समूह बी मा दुई खेलबाट समान ६–६ अंक जोडेका उत्तर कोरिया र चीन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने अंहविहीन उज्वेकिस्तान र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् । र, लगभग समूह चरणबाटै बाहिरिएका छन् । उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने दुवै टोलीको झिनो आशा भने कायम छ ।

Post Comments