काठमाडौं । पटक–पटक स्थगन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनको नयाँ मिति शुक्रबार घोषणा गरिएको छ । एन्फाले जारी गरेको सूचना अनुसार केन्द्रिय निर्वाचन आउँदो चैत्र १३ गते हुने तय भएको हो ।
त्यस्तै एन्फाले शुक्रबार नै उम्मेदवार तथा मताधिकार प्रतिनिधीहरुको नामावली पनि सार्वजनिक गरेको छ । त्यसबाहेक उम्मेदवार तथा मताधिकारी प्रतिनिधीहरु विरुद्ध दावी गर्ने अन्तिम मिति यही फागुन २८ गतेसम्मका लागि तोकिएको छ भने पुनरावेदन समितिको निर्णयका लागि फागुन २९ गतेको मिति तोकिएको छ ।
त्यस्तै दावी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन यही फागुन ३० गतेका दिन हुने पनि एन्फा निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।
यसपटक एन्फा अध्यक्षका लागि पंकज विक्रम नेम्वाङ र दिर्घ बहादुर केसी (कुमार) बीच प्रतिस्पर्धा हुने तय भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दावा लामा, सुन्दरनरसिंह जोशी र दिपक खतिवडाको नाम छ । त्यसैगरी उपाध्यक्षमा बिकासनारायण श्रेष्ठ, मनिष जोशी, अनिल मल्ल, पेमा डोल्मा लामा, विश्वासविक्रम शाह, अनिल श्रेष्ठ, उत्तमराज भण्डारी, महेन्द्र क्षेत्री, विजय घले र गणेश बहादुर चन्द रहेका छन् ।
एन्फाले जारी गरेको पूरा नामावली र विवरण हेर्नुहोसः









- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)