News बसाहा क्लब सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जितका साथ बसाहा क्लब, उदयपुर जारी तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा बसाहाले न्यु स्टार क्लब, सुनसरीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बसाहाका लागि रितेश तामाङ र अनिष बस्नेतले गोल रे भने न्यु स्टारका लागि दुवै गोल नितेश लिम्बुले गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा बसाहा ४–३ ले विजयी बन्यो ।

खेलमा बसाहाका गोलरक्षक सन्दिप भट्टराई म्यान अफ दि म्याच चुनिए । उनलाई खेलका प्रमुख अतिथी प्रहरी उपरीक्षक सुदिप भण्डारीले नगद ५५०० र मेडलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत चैत्र २ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल लोहोरुङ्ग फुटबल क्लब, संखुवासभा र चुत्तन स्र्पोटिङ क्लब, तेह्रथुमबीच हुने आयोजकले जानकारी दियो ।

द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ७ गतेका दिन हुनेछ ।

 

 

Post Comments