शिवराज । शिवगढी स्र्पोटिङ युथ क्लब र न्यु सृजनशील युथ क्लब कपिलवस्तुमा जारी दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार शिवराज–१ कलौनी स्थित शिवशक्ति खेलमैदानमा भएको दिनको पहिलो खेलमा शिवगढी स्र्पोटिङले जय बुद्ध सोसल युथ क्लबलाई ३–० ले हरायो । शिवगढी स्र्पोटिङका लागि आकाश घर्ती मगर, निराजन क्षेत्री र कपिल बुढाले गोल गरे । खेलमा शिवगढी स्र्पोटिङ कै गोलकर्ता आकाश घर्ती मगर प्लेयर अफ दि म्याच बने ।
त्यस्तै दिनको दोस्रो खेलमा न्यु सृजनशीलले युनाइटेड धानखोलालाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनायो । न्यु सृजनशीलका लागि ललित केसीले निर्णायक गोल गरे । खेलमा न्यु सृजनशीलका निर्णायक गोलकर्ता ललित केसी नै प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चेत्र ११ गते बुधबारको पहिलो खेल गोल्डेन स्टार युथ क्लब र भिजन युथ क्लब बीच हुनेछ भने दोस्रो खेल आयोजक शिवशक्ति युथ क्लब (रातो) र नमुना ज्योति युथ क्लबबीच हुने खेल संयोजक अर्जुन शर्माले जानकारी दिए ।
शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १७ गतेका दिन हुनेछ ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा