News
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सको सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त पदाधिकारी तथा सदस्य पदहरूमा नियुक्ति गरेको छ।
बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त रहेको सदस्य सचिव पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ७, सुर्खेतका रवीन्द्र चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी, परिषद्को उपाध्यक्ष पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ।
बैठकले परिषद्को सदस्यहरुमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
नेपाली खेलकुद क्षेत्रमा चन्दको नाम नौलो भने होईन । उनी यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) मा पनि आवद्ध थिए भने सुर्खेत जिल्लाको फुटबल गतिविधीहरुमा पनि सक्रिय छन् ।
Post Comments
Related News