सैनामैना । प्रभावशाली जित हात पार्दै फर्साटिकर युवा क्लब यहाँ जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा फर्साटिकरले विश्व शान्ति युवा क्लबमाथि ४–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा फर्साटिकरका लागि फोडे फोफोनाले दुई गोल गरे । फोफोनाले ३९औं मिनटमा पहिलो गोलको खाता खोलेका थिए । ५७औं मिनटमा भुपाल गुरुङले फर्साटिकरको त्यो अग्रता दोब्बर पारे ।
लगतै ६१औं मिनटमा फोफोनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे । दोस्रो हाफमा थप आक्रमक बनेको फर्साटिकरका लागि अन्तिमतिर इन्जुरी समयमा सुरज हमालले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलको म्यान अफ द म्याच फर्साटिकरका लागि दुई गोल गरेका फोफोना घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी समेत हात पारे । प्रतियोगिता अन्तरगत फागुन ३ गते सोमबारको दोस्रो सेमिफाइनल खेल फुलबारी गाईज र खनाल ब्रदर्शबीच हुनेछ ।
जनप्रिय स्र्पोटिङ क्लबको आयोजना र सैनामैना नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए । फाइनल खेल भने यहि फागुन ५ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने