News तेस्रो पंचायन गोल्डकपः तालतलैया क्वाटरफाइनलमा
गोलनेपाल

रामधुनी । तालतलैया फुटबल क्लब, इटहरी जारी तेस्रो पंचायन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ तालतलैयाले न्यु स्टार क्लब, बराहक्षेत्रलाई २–१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । तालतलैयाको जितमा संजय लिम्बु र हेमन लिम्बुले गोल गरे । उता न्यु स्टारले भने राजु मगरले गरेको आत्मघाती गोल उपहार पाएको थियो । खेलमा तालतलैयाका हेमन लिम्बु प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र १६ गते सोमबारको प्रिक्वाटरफाइनल खेल मधेसा फुटबल क्लब, इनरुवा र राष्ट्रिय जागृति क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

पंचायन फुटबल क्लब, रामधुनी–७, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

 

Post Comments