बुढीगंगा । “तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान “ भन्ने नाराका साथ प्रथम बुढीगंगा गोल्डकप फुटबल प्रतियोगिता यहि आउदो चैत्र २१ देखी संचालन हुने भएको छ ।
बुढीगंगा गाउँपालिका, मोरङको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी जानकारी दियो ।
प्रतियोगीताबारे जानकारी गराउदै आयोजक समितिका संयोजक तथा २ नम्बरका वडाध्यक्ष रेवतीनारायण चौधरीले अमाही खेल मैदानमा संचालन हुने प्रतियोगितामा आयोजक सहित ८ वटा टोलीको रहेको जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
सहभागी टिम हरू !
(१ ) बुढीगंगा पालिका टिम ( २ ) सलहेश युवा क्लब सिराहा (३ ) रारा फुटबल क्लब राजारानी धनकुटा (४) धरान फुटबल क्लब,सुनसरी (५) च्यात सा फुटबल क्लब दमक झापा (६) आर.आई.एफ.सी. काठमाण्डौ (७) कंन्चन जंघा फुटबल क्लब वेस्ट बंगाल भारत (८) जोन एफ सी नाइजेरीया
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार , शिक्षा र खेलकुद क्षेत्र विशेष प्राथमिकतामा रहेको गाउँपालिका अध्यष जितनारायण थापा मगरले बताए । उनले युवाहरूको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले वाड स्तरिय प्रतियोगिता गरी छनौट गरि एक टिम तयार रहेको समेत जानकारी दिए । त्यसबाहेक अन्य खेल गतिविधीहरु पनि गाउँपालिकाको प्राथमिकतामा रहेको समेत बताए ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।