बुटवल । समपुर्ण युवा क्लब, सुपौली रुपन्देहीमा जारी स्व. प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ समपुर्णले फोर ब्रदर्श फुटबल क्लब, सरावल, नवलपरासीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।
बुटवल ७ दीपनगर स्थित सिद्धेश्वरी माविको खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा समपुर्णले फोर ब्रदर्शमाथि ३–० को जित निकाल्यो । खेलमा समपुर्णका अनुभवी गोलरक्षक बिशाल सुनार प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र २१ गते शनिबारको तेस्रो प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर, रुपन्देही र मोन्स्टर गाईज, सुनवल, नवलपरासीबीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।
सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।