बुटवल । मोन्स्टर गाईज फुटबल क्लब, सुनवल, नवलपरासी, रुपन्देहीमा जारी स्व. शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलमा मोन्स्टरले फर्साटिकर युवा क्लब, शुद्धोधन, रुपन्देहीलाई १–० को साँघुरो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । खेलको ४४औं मिनटमा मुकुन्द निउरेले गरेको एक मात्र गोल मोन्स्टरलाई जिताउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता निउरे नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र २२ गते आइतबारको चौथो प्रिक्वाटरफाइनल खेल योङ ब्वाईज क्लब, देवदह, रुपन्देही र झरना स्पोर्टस क्लब, कुञ्जलापुर, रुपन्देहीबीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।
सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।