News चार गोल गर्दै अन्तिम चारमा चात्या सा
गोलनेपाल

हात्तीमुडा । उत्कृष्ट जितका साथ चात्या सा फुटबल क्लब, झापा यहाँ जारी प्रथम बुढीगंगा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा चात्या साले रारा फुटबल क्लब, धनकुटालाई ४–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । चात्या साको जितमा रिचार्ड विलसनले दुई गोल गर्दा रुजन न्यौपाने र आशिष चापागाईंले समान एक–एक गोल गरे । खेलमा दुई गोल गरेका चात्या साका रिचार्ड विलसन प्लेयर अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत्र २३ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र बुढीगंगा पालिका फुटबल टिम, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

बुढीगंगा गाउँपालिका, हात्तीमुढा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २७ गतेका दिन हुनेछ ।

Post Comments