News एरोन नायक बन्दा देवदह ब्वाईज फाइनलमा
गोलनेपाल

बुटवल । देवदह ब्वाईज, देवदह रुपन्देहीमा जारी स्व. प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा देवदहले मोन्स्टर गाईज, सुनवल (नवलपरासी) लाई २–० ले हराउँदै उपाधि नजिक आफ्नो स्थान सुरक्षित गरेको हो । देवदहको जितमा दुवै गोल एरोन थापाले गरे । एरोनले खेल शुरु भएको सातौं मिनटमा पहिलो गोल र पहिलो हाफ कै इन्जुरी समयमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । देवदहको जितमा नायक बनेका एरोन थापा नै म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र २८ गते शनिबारको दोस्रो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र कपिलवस्तु–११ बीच हुने आयोजकले जानकारी दियो ।

सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।

Post Comments