बिराटनगर । बिराट भेट्रान क्लब, मोरङको आयोजनामा सम्पन्न भएको पाँचौं बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि खर्साङ लिजेण्डस, भारतले जितेको छ ।
शनिबार भएको फाइनलमा खर्साङ लिजेण्डसले दुधे भेट्रान, झापालाई १–० को अन्तरले हराउँदै उपाधि उचालेको हो । खर्साङ भेट्रानका लागि दोस्रो हाफमा सोनाम चोङले गरेको उक मात्र गोल निर्णायक गोल बन्यो ।
विजेता बनेको खर्साङ लिजेण्डसले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता दुधे भेट्रानले ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । फाइनल खेलका निर्णायक गोलकर्ता सोनाम चोङ प्लेयर अफ दि म्याच बने । उनले त्यसवापत नगद २१०० हात पारे ।
त्यस्तै अन्य विधागततर्फ खर्साङका सुरज लामा उत्कृष्ट गोलरक्षक बन्दा दुधे भेट्रानका अजेन तुम्बापो उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर खर्साङका बिवन राई चुनिदा उत्कृष्ट फरवार्ड पनि खर्साङ कै सुदिप राई चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने मिल्स भेट्रानका तेजमान लिम्बुले हात पारे । उत्कृष्ट प्रशिक्षक खर्साङ कै बिपिन भुजेल बने । उत्कृष्ट बनेका सबैले जनही ३१–३१०० र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने खर्साङका जेश्नर शाही घोषित भए । उनले त्यसवापत नगद ५१०० र ट्रफी हात पारे ।