कटारी । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा र कटारी नगरपालिकाको मुख्य प्रायोजनमा सन्चालन भैरहेको छैठौं कटारी अन्तराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा एकेडेमी (मकवानपुर) र अन्तराष्ट्रिय टोली जस्ट जोन एफसी(नाइजेरिया) बिच प्रतिस्पर्धा भएको हो। उक्त खेलमा जस्ट जोन एफसी (नाइजेरिया) ले हेटौंडा एकेडेमी लाइ सोझै १-० को गोल अन्तरले जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलको पहिलो हाफको निर्धारित समयसम्म दुबै टिनको तर्फबाट गोल रहित 0-0 अबस्थामा समाप्त भएको थियो भने दोस्रो हाफको निर्धारित समयको ७१ औं मिनेटमा जस्ट जोन एफसी (नाइजेरिया) को तर्फबाट एकमसोफा तफुसेन ले सानदार गोल गरेर टोलीलाई जित दिलाउदै सेमिफाइनलको स्थान सुनिश्चित गर्न सफल भएको हो।
खेलको निर्धारित समयसम्म उत्कृष्ट खेल प्रदर्शन गर्दै एक समेत गोल गरेका जस्ट जोन एफसी (नाइजेरिया) का एकमसोफा तफुसेन म्याच अफ दि म्याच बन्दै नगद रु. ५००० सहित मेडल प्राप्त गरेको हो।
प्रतियोगिताका विजेता टोलीले नगद रु ५,००,००० सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र उपविजेताले नगद रु ३,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रत्यक खेलाडीहरूलाई विधागत पुरस्कारको रुपमा नगद सहित ट्रफी को पनि व्यवस्था रहेको छ।