News
छुन्जुले थिम्पु सिटीका लागि खेल्ने
काठमाडौं । नेपालका राष्ट्रिय खेलाडी कृतिष रत्न छन्जुले पनि भुटानमा व्यवसयाीक फुटबल खेल्ने तय भएको छ । क्षमतावान र मेहनती युवा मिडफिल्डरका रुपमा परिचित छुन्जुले थिम्पु सिटी फुटबल क्लबबाट व्यवसायीक फुटबल खेलने भएका हुन् ।
छुन्जुलाई अनुवन्ध गरेको कुरा थिम्पु सिटीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी समेत गराएको छ । क्लबले उनलाई छिटै शुरु हुन गईरहेको भुटानी प्रिमियर लिग कै लागि अनुबन्ध गरेको बताइएको छ ।
केही साता अघिसम्म एनआरटीका लागि राष्ट्रिय लिग खेलेका छुन्जुले राष्ट्रिय लिग पनि नहुने भएपछि अब भुटानी क्लबमा आफ्नो क्षमता र मेहनत प्रदर्शन गर्नेछन् ।
नेपालको युथ हुँदै राष्ट्रिय टोलीमा समेत स्थान बनाईसकेका छुन्जुले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण धनगढी फुटबल क्लबका लागि समेत खेलेका थिए ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल