News पोखरा रंगशालामा पाँच हजार सिट राखियो
गोलनेपाल

१३औं दक्षिण एसियाली खेलकुद (साग) को सह–आयोजक शहर पोखरामा रहेको रंगशालामा पाँच हजार सिट जडान गरिएको छ ।

पोखरा रंगशालामा सागको मुख्य खेलका रुपमा महिला फुटबल प्रतियोगिता हुनेछ । तर रंगशालाको निर्माण कार्य समय मै सम्पन्न नहुँदा धेरैले त्यहाँ सागका खेलहरु हुनेमा आशंका पनि गर्न थालेका छन् ।

केही साता अघि भारतको कोलकाताबाट ६० लाख भन्दा बढी मूल्यको दुबो ल्याइएको थियो । तर त्यो दुबो मैदानमा राम्रोसँग राख्न नपाउँदै बिग्रिएपछि फेरि थप दुबो कोलकाताबाट मगाउनु परेको थियो ।

यहि मंसिर १५ गतेदेखि शुरु हुन गईरहेको सागको महिला फुटबलतर्फ नेपालले आफ्नो पहिलो खेल उद्घाटन कै दिन श्रीलंकासँग खेलने कार्यक्रम छ । यद्यपि पोखरा रंगशालाको हालको अवस्थालाई हेर्दा खेल हुने सम्भावना भए तापनि सबैतर्फबाट खेलस्थलको आलोचना हुनसक्ने धेरेको ठम्याई छ ।

Post Comments