News जस्ट जोन खजुरा गोल्डकपको फाइनलमा
गोलनेपाल

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ डी गाउँस्थित मिनी रंगशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप–२०८२ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा जस्ट जोन एफसी, नाइजेरियाले फोर ब्रदर्स एफसी, सरावल (नवलपरासी) लाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ ४०औँ मिनेटमा ताजुद्दीन अकिनशोलाले उत्कृष्ट गोल गर्दै जस्ट जोनलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफमा जस्ट जोनले आफ्नो लय कायम राख्दै ७७औँ मिनेटमा ओवोलाबी अफिजले गोल थप्दै अग्रता २–० पुर्याए। त्यसपछि ८०औँ मिनेटमा फोर ब्रदर्सका अभिषेक महतोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ मा ल्याए पनि बाँकी समयमा बराबरी सम्भव भएन। उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका ओवोलाबी अफिज ‘म्यान अफ द म्याच’ घोषित भए र टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले।

Post Comments