News प्रथम इन्टर रुपन्देही फुटसलको तयारी पूरा
सुरज राना मगर

बुटवल । रुपन्देहीको खेलकुदमा पछिल्लो समय फुटबलसँगै फुटसल खेलको रोमाञ्चकता पनिदिन प्रतिदिन थपिंदै गईरहेको छ । फुटसलको त्यहि रोमाञ्चकतालाई फेरि लाफा समूह, बुटवलले थप्ने जमर्को गरेको छ ।

लाफा समूहको आयोजानामा यहि फागुन ६ र ७ गतेका दिन दुई दिने प्रथम इन्टर रुपन्देही फुटसल प्रतियोगिताको आयोजना हुँदैछ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भइसकेको प्रतियोगिता संयोजक प्रबिन थापा दर्लामीले बताए ।

यहि फागुन ५ गतेसम्म टिम दर्ताका लागि अन्तिम मिति तोकिएको समेत संयोजक दर्लामीले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुलाई टिम दर्ता शुल्क २५ सय तोकिएको छ ।

बुटवल स्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगितामा २५ टोलीहरुले सहभागिता जनाउने अनुमान गरिएको संयोजक दर्लामीले बताए । साथै खेलतालिका पनि फागुन ५ गते बुधबार नै सार्वजनिक गर्ने समेत खेल संयोजक दर्लामीले जानकारी दिए ।

त्यस्तै लाफा समूहका अध्यक्ष तारा रेश्मीका अनुसार जिल्ला भित्र फुटसल प्रतियोगिता आयोजना गरेर युवा पुस्ताका खेलाडीहरुलाई स्वस्थ मनोरञ्जनसँगै खेलकुदमै व्यस्त राख्ने आफूहरुको उद्देश्य रहेको बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने प्रतियोगिताको आर्थिक संयोजक बारिश रानाले बताए । उनका अनुसार प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको बताए ।

गेलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत रहेको छ ।

 

Post Comments