News योङ ब्वाईज ३१औं माछापुच्छ्रे कपको सेमिफाइनलमा
सुरज राना मगर

पक्लिहवा । साँघुरो अन्तरको जितका साथ योङ ब्वाईज, देवदह रुपन्देहीमा जारी ३१औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा योङ ब्वाईजले लिस्नु युवा क्लब, कोटिहवालाई १–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो । योङ ब्वाईजको जितमा अफ्रिकी खेलाडी बिन्देले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता योङ ब्वाईजका बिन्दे नै म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत जेठ ९ गते शनिबारको चौथो क्वाटरफाइनल खेल समपूर्ण युवा क्लब, सुपौली र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक रोहित थापाले जानकारी दिए ।

माछापुच्छ्रे फुटबल क्लब, सिद्धार्थनगर–२, झण्डीबजार, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १२ गतेका दिन हुनेछ ।

 

Post Comments