चरङ्गे । सिद्धार्थ युवा क्लब, देवदहङ१०, चरङ्गेको आयोजनामा आइतबारदेखि शुरु दोस्रो सिद्धार्थ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भएका छन् ।
देवदह–१०, चरङ्गे स्थित सुर्तीबारी खेलमैदानमा भएको पहिलो दिनको खेलमा सैनामैना एफसी र रम्बादेवी एफसीले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा सैनामैनाले ब्लडी ब्वाईजलाई ४–० को अन्तरले हरायो । खेलमा सैनामैनाका सुबास नेपाली म्यान अफ द म्याच बने ।
त्यस्तै दोस्रो खेलमा रम्बादेवीले हुक्का गाईजलाई २–१ ले पराजित गर्यो । खेलमा रम्बादेवीका दिपेश परियार म्यान अफ द म्याच चुनिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी देवदह–१० का वार्ड अध्यक्ष यक बहादुर सुनार, आयोजक क्लबका अध्यक्ष सरोज गुरुङ लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो जेठ ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक बिसन परियारले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान