News देवदह ब्वाईज ३१औं माछापुच्छ्रे कपको सेमिफाइनलमा
सुरज राना मगर

पक्लिहवा । देवदह ब्वाईज, देवदह रुपन्देहीमा जारी ३१औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा देवदहले साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो । देवदहको जितमा कप्तान सुरज चौधरी र काने कालुले एक–एक गोल गरे । खेलमा देवदह कै काने कालु म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत जेठ ८ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र योङ ब्वाईज फुटबल क्लब, देवदहबीच हुने खेल संयोजक रोहित थापाले जानकारी दिए ।

माछापुच्छ्रे फुटबल क्लब, सिद्धार्थनगर–२, झण्डीबजार, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १२ गतेका दिन हुनेछ ।

Post Comments