News रुपन्देहीमा दोस्रो दर्शन कप हुँदै
सुरज राना मगर

जरलैया । दर्शन क्लब, सैनाम–११, जरलैया, रुपन्देहीको आयोजनामा यही बैशाख २९ गतेदेखि दोस्रो दर्शन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सैनामैना–११, जरलैया स्थित आयोजक क्लब कै व्यवस्थापनमा रहेको मैदानमा हुने प्रतियोगिताको आवश्यकतासँगै टिमदर्ता पनि खुला गरिएको खेल संयोजक अमृत शाहीले बताए । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको पनि खेल संयोजक शाहीले जानकारी दिए ।

साथै टिमदर्ता गर्ने अन्तिम मिति यही बैशाख २५ गतेसम्म रहेको क्लबका सचिव देवीराम रेग्मीले बताए । त्यसबाहेक सिमित टोलीहरुलाई मात्र सहभागि गराईने समेत आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गंगा सेनले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

 

Post Comments