News
१३औं रारा रनिङ गोल्डकपमा घरेलु टोली राराको विजयी शुरुवात
राजारानी । रारा फुटबल क्लब, धनकुटाको आयोजनामा शुक्रबारदेखि शुरु भएको १३औं रारा रनिङ गोल्डकप नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली रारा फुटबल क्लब, धनकुटाले उत्कृष्ट जितका साथ विजयी शुरुवात गरेको छ ।
राजारानी फुटबल मैदानमा भएको खेलमा राराले गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुरलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो । राराको जितमा मिलन राईले दुई गोल गर्दा थप एक गोल कालुले गरे । खेलमा राराका दुई गोलकर्ता मिलन राई प्लेयर अफ द म्याच चुनिए ।
यो जितसँगै रारा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । त्यस्तै शुक्रबार नै दोस्रो खेलमा आरआईएफसी, काठमाडौं र धरान एफसी, सुनसरीबीचको खेल १–१ को बराबरीमा रहँदा बर्षाले बिथोलिएपछि उक्त खेल बैशाख १९ गते शनिबार हुने आयोजकले जनाएको छ । साथै अन्य खेलहरु खेलतालिका अनुसार हुनेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा