News दोस्रो लखन कपको सेमिफाइनलमा सुनवल एफसी
सुरज राना मगर

बुटवल । सुनवल फुटबल क्लब, सुनवल, नवलपरासी हाल रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा सुनवलले विभागीय टोली सेनाको तारादल गण, बुटवललाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । सुनवलको जितमा निखिल पुन मगर र आवेश शाहीले गोल गरे । खेलमा सुनवल कै निखिल पुन म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख १९ गते शनिबारको पहिलो सेमिफाइनल खेल साविक विजेता देवदह ब्वाईज, देवदह र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

 

Post Comments