News चित्लाङ आठौं बागमती गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

झुेझुरे । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा बागमती गाउँपालिका को मुख्य प्रायोजनमा सन्चालन भैरहेको आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८३ को आज तेस्रो दिनमा प्रतियोगिताको तेस्रो खेल सम्पन्न भएको छ। उक्त खेलमा चित्लाङ फुटबल क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।

खेलको निर्धारित समयमा चिल्ताङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने एपीएफका लागि बुद्धिमान राईले ४७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। त्यस्तैगरी दोस्रो हाफको ६० औं मिनेटमा चित्लाङको तर्फबाट समिर तामाङको उत्कृष्ट एसिस्टमा एरोन थापाले सानदार गोल गरेसँगै टोलीलाइ जित दिलाएको हो।

खेलको निर्धारित समयसम्म उत्कृष्ट खेल प्रदर्शन गरेका चित्लाङ फुटबल क्लबका खेलाडी लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित हुँदै नगद रु. १० हजार सहित ट्रफी प्राप्त गरे।

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद रु १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कार को रुपमा २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।

Post Comments