News एकतर्फी जितका साथ देवदह दोस्रो लखन कपको फाइनलमा
सुरज राना मगर

बुटवल । साविक विजेता देवदह ब्वाईज, देवदह रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा देवदहले चाँदनी युवा क्लब, दानापुरमाथि ६–० को एकतर्फी जित निकाल्दै उपाधि नजिक पुगेको हो । देवदहको जितमा सुजित बुढाथोकीले दुई गोल गर्दा मिलन आले, सुरज चौधरी, आशमान थापा र बिकास राईले समान एक–एक गोल गरे । खेलमा दुई गोलकर्ता देवदह ब्वाईजका सुजित बुढाथोकी म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख २० गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवल र सुनवल फुटबल क्लब, सुनवल बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments