पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष एफसीले झापा ११ लाई २–० गोलले पराजित गर्दै शानदार रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।
“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नाराका साथ पृथ्वी माविको खेलमैदानमा सम्पन्न खेलमा रेडहर्षको जितका लागि हिटेन सुहाङ र बिनोद धमलाले एक–एक गोल गर्दै टोलीलाई निर्णायक जित दिलाए। खेलभर आक्रामक प्रदर्शन गरेको इलामले झापामाथि स्पष्ट दबाब बनाउँदै उत्कृष्ट खेल प्रस्तुत गर्यो।
खेलको प्लेयर अफ दि म्याच रेडहर्षका हिटेन सुहाङ घोषित भए। उनले नगद रु. ७,००० सहित सम्मान प्राप्त गरे।
प्रतियोगिताको तेस्रो दिन बैशाख २१ गते सोमबार म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम र मरिक एफसी धरानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक टिमले ४ जना विदेशी खेलाडीसमेत समावेश गर्न पाउने व्यवस्था गरिएको छ। बैशाख २५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ र उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यलम्बर युवा संस्थाद्वारा त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कार प्रदान गरिनेछ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश