News लिस्नु चौथो न्यु युथ युनियन कपको सेमिफाइनलमा
गोलनेपाल

तानसेन । उत्कृष्ट जितका साथ लिस्नु युवा क्लब, कोटिहवा पाल्पामा जारी चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा लिस्नुले न्यु हिमाली युवा क्लब, पाल्पालाई ५–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । लिस्नुको जितमा एमोस पुन, गणेश हमाल, जुनेस रोका मगर, विश्व थापा र निखिल थापाले गोल गरे । खेलमा लिस्नुका एमोस पुन म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख २१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह र मनोभाव फुटबल क्लब, रुपन्देहीबीच हुने आयोजकले जानकारी दियो ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।

 

Post Comments