झुेझुरे । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सन्चालन भैरहेको आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८३ को आज प्रतियोगिताको चौथो खेल सम्पन्न भएको छ। उक्त खेलमा बागमती युवा क्लबले चर्च ब्वाइज युनाइटेड लाइ २-१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलको निर्धारित समयमा चर्च ब्वाइज युनाइटेड को तर्फबाट सुशन मगरले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने बागमती युवा क्लबका लागि अनिश महर्जनले २८ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। त्यस्तैगरी दोस्रो हाफको ८८ औं मिनेटमा पुनः बागमती कै तर्फबाट टिम कप्तान आयुष मगरले पेनाल्टी मार्फत उत्कृष्ट गोल गरेसँगै टोलीलाइ जित दिलाएको हो।
खेलको निर्धारित समयसम्म उत्कृष्ट खेल प्रदर्शन गर्दै एक गोल समेत गरेका बागमती युवा क्लबका खेलाडी अनिश महर्जन म्यान अफ दि म्याच घोषित हुँदै नगद रु. १० हजार सहित ट्रफी प्राप्त गरे।
प्रतियोगितामा आयोजकसहित १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको विजेताले नगद रु १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कार को रुपमा २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।