राजारानी । बिर्तामोड युनाइटेड फुटबल क्लब, झापा धनकुटामा जारी १३औं रारा रनिङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिर्तामोडले सलहेश युवा क्लब, सिराहालाई ३–१ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको हो ।
बिर्तामोडको जितमा राजेश दाहालले ह्याट्रिक गर्दा सलहेशका लागि रिचार्डले एक मात्र गोल फर्काए । खेलमा प्लेयर अफ द म्याच भने बिर्तामोड युनाइटेडका संजय लिम्बु घोषित भए ।
बिर्तामोड युनाइटेडले अब यही बैशाख २२ गते मंगलबार हुने फाइनलमा आयोजक रारा फुटबल क्लब, धनकुटासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा