झुेझुरे । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सन्चालन भैरहेको आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८३ को आज प्रतियोगिताको पाँचौ खेल सम्पन्न भएको छ। उक्त खेलमा फ्रेन्डस् क्लबले प्लानिङ ब्वाइज युनाइटेड लाइ ट्राइ ब्रेकर मार्फत पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलको निर्धारित समयसम्म दुवै टोलीको तर्फबाट गोल रहित ०-० को अबस्थामा समाप्त भए पस्चात खेलको नतिजा ट्राइबेकरबाट लिएको हो। टाइब्रेकरमा प्लानिङका लागि कप्तान फागुराम थारु र शिशिरको प्रहार गोल भयो भने प्रताप सिं राई, पुजन थापा र निङमा घिसिङको प्रहार बाहिरियो।त्यस्तैगरीफेन्ड्सका लागि सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दिपेश गुरुङले गोल गरे भने कप्तान रुपेश केसी र योगेश गुरुङको प्रहार बाहिरियो।
खेलको निर्धारित समयसम्म उत्कृष्ट खेल प्रदर्शन गरेका फ्रेन्डस् क्लबका खेलाडी महेन्द्र कार्कि म्यान अफ दि म्याच घोषित हुँदै नगद रु. १० हजार सहित ट्रफी प्राप्त गरे।
प्रतियोगितामा आयोजकसहित १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको विजेताले नगद रु १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कार को रुपमा २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।