News आरटी धरान एफसीलाई सफलता
गोलनेपाल

सुन्दरहरैचा । शनिबारदेखि शुरु भएको प्रथम सुन्दरहरैचा खोर्साने गोल्डकपमा आरटी धरान फुटबल क्लब, सुनसरीले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा आरटी धरान एफसीले एपिएफ पूर्वाञ्चललाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । आरटी धरान एफसीको जितमा दुवै गोल कृष्ण राईले गरे । टोलीको जितमा नायक बनेका आरटी धरान एफसीका कृष्ण राई नै प्लेयर अफ द म्याच बने ।

यो जितसँगै आरटी धरान एफसी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत जेठ ३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल युनाइटेड खर्साङ एफसी, दार्जिलिङ, भारत र सलहेश युवा क्लब, सिरहाबीच हुनेछ ।

Post Comments