News तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
गोलनेपाल

पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” को दोस्रो दिन आइतबार प्रि क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन ।

“एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मूल नारासहित सम्पन्न पहिलो खेलमा फक्ताङलुङ एफसीले सल्लेरी एफसीलाई २-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

फक्ताङलुङको जितका लागि ओसन राई र निरोज लिङ्देनले एक एक गोल गरे भने सल्लेरीको तर्फबाट रेमन लिम्बुले एक गोल फर्काए । खेलको प्लेयर अफ दि म्याच फक्ताङ्लुङका निरोज लिङदेन घोषित भए ।

आईतबार नै सम्पन्न दोस्रो खेलमा कुम्मायक स्पोर्टिङ क्लबले अरूणिमा युवा क्लबलाई ३-० गोलले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।

कुम्मायकको जितमा दिल सम्बाम्फे,दिप्सन लावती र सेमसिङ लावतीले एक एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच कुम्मायकका माराम फेवादिन घोषित भए ।

त्यस्तै तेस्रो खेलमा तुम्बेवा १ ले मेवा एफसी लाई ६-० गोलले पराजित गर्यो । तुम्बेवाको जितमा सन्तोष लिम्बुले पॉच गोल गरे भने मदन जबेगुले एक गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच तुम्बेवाका सन्तोष लिम्बु घोषित भए । सबै प्लेयर अफ दि म्याचले एक हजार पॉच सय रूपैया प्राप्त गरे ।

प्रतियोगिताको तेस्रो दिन जेठ ४ गते आइतबार महिला तर्फको एक खेल र पुरूष तर्फका ३ खेल सन्चालन हुने खेल तालिका रहेको छ ।

महिला तर्फको क्वाटर फाइनलमा तुम्बेवा २ र तुम्बेवा ३ बिच सोमबार बिहानको १०ः३० बजे खेल सन्चालन हुनेछ ।

खुल्ला पुरूष तर्फ सोमबार पॉचौ प्रि-क्वाटर फाइनलमा संजिवनी स्पोर्टिङ क्लब र तुम्बेवा फुटबल क्लब बिच बिहानको ११ः३० बजे खेल हुने खेल तालिका रहेको छ ।

जेठ ७ गते सम्म सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

महिला तर्फको विजेताले ३३ हजार ३३३ सहित ट्रफि र उप विजेताले १६ हजार ३३३ सहित ट्रफि प्राप्त गर्नेछन ।

तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का ले प्रतियोगिता स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन आयोजना गरिएको बताए ।

 

Post Comments