News सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
गोलनेपाल

सप्तरीः सप्तकोशी नगर पालिकाको मुख्य प्रायोजन तथा सप्तकोशी नगर खेलकुद विकास समितिको आयोजना र न्यू त्रियुगा स्पोर्टस् कल्बको सह-आयोजनामा सञ्चालन भैइरहेको तेस्रो साप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता-२०८३ आज प्रतियोगिताको दोस्रो दिनमा दोस्रोप क्वाटरफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग)ले सर्लाही ११ (सर्लाही) लाई १-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सफल बनेको हो।

खेलको निर्धारित समयमा सतिसाले स्पोर्टिङ क्लबको तर्फबाट सिजल राईले उत्कृष्ट गोल गरेर जित सुनिश्चित गर्दै प्रतियोगिताको सिमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल समेत गरेका सतिसाले को सिजल राई 'म्यान अफ दि म्याच' बने र नगद रु.२५०० सहित ट्रफि प्राप्त गरे।

प्रतियिगितामा बिजेता बन्ने टिलीले नगद रु. दुई लाख र उपबिजेता टोलीले नगद रु. एक लाख सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेलाडिलाइ विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।

Post Comments