News चुलाचुली स्पोर्टिङ क्लब, दमक सेमिफाइनलमा
गोलनेपाल

कानेपोखरी । मोरङको कानेपोखरीमा जारी तेस्रो हिमाल च्यालेन्ज कप २०८३ अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा चुलाचुली स्पोर्टिङ क्लब, दमक विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कानेपोखरी गाउँपालिका–६, मोरङमा सञ्चालन भइरहेको प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा चुलाचुली स्पोर्टिङ क्लब, दमकले फेयर फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

रोमाञ्चक बनेको खेलमा फेयर फुटबल क्लबका लागि मञ्जिल खड्का र निरोज परियारले समान १/१ गोल गरे । यता चुलाचुली स्पोर्टिङ क्लबका विजय उरावले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए भने निशकुमार श्रेष्ठले थप एक गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजय उराव ‘म्यान अफ द म्याच’ घोषित भए ।

भोलि हुने पहिलो सेमिफाइनल खेलमा The Boys Club र Himal United FC बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख तथा उपविजेताले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

 

Post Comments