शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत शुक्रबार ३ प्रि क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।
पहिलो खेल आयोजक दुधे भेट्रान्स (बी) र कन्काई भेट्रान्स प्रतिस्पर्धा गर्दा निर्धारित समय दुवै टोली एक एक गोलको बराबरी खेलेपछि उक्त खेलको नतिजा पेनाल्टी मार्फत निकालिएको हो। कन्काईका लागि सुरेन्द्र आङ्देम्बे र दुधेका लागि बहादुर आङ्बोले समान एक एक गोल गरेका थिए। जसमा कन्काईले पेनाल्टी सुटआउटमा ४-३ को नतिजामा जित हासिल गरेको छ।
दोस्रो खेलमा बौद्ध पाँचथर र झिलझिले झापा भेट्रान्स प्रतिस्पर्धा गर्दा रोमाञ्चक बनेको उक्त खेलमा झिलझिले ५-२ को नतिजामा जित हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। झिलझिलेको जितमा विशाल राईले ह्याट्रिक पूरा गर्दा प्रवेश कटुवाल र जसु राईले समान एक एक गोल गरेका हुन्। प्रवेश कटुवाल उक्त खेलमा नायक साबित भएका छन्। उता पराजित भएको टोली बौद्धका लागि दुवै गोल दिनेश गुरुङले गरेका थिए।
तेस्रो खेलमा सिरिजङ्गा भद्रपुर र चारपाने युनाइटेड बिर्तामोड झापा प्रतिस्पर्धा गर्दा उक्त खेल पनि निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी मार्फत नतिजा निकालिएको हो। सिरिजङ्गाका लागि विनोद बान्तवा र चारपानेका लागि हर्कधन साउदेन ले समान एक एक गोल गरेका थिए। पेनाल्टी सुटआउटमा श्रीजङ्गा ५-४ को नतिजामा विजय भएको छ।
शनिबार प्रतियोगिताको अन्तिम प्री क्वाटर फाइनल खेलमा आयोजक दुधे भेट्रान्स शिवशताक्षी झापा र फिदिम भेट्रान्स पाँचथर प्रतिस्पर्धा गर्नेछन्।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा