News कर्णालीमा फुटबलको ऐतिहासिक महोत्सव जेठ १५ गतेदेखि, तयारी पनि पूरा
गोलनेपाल

वीरेन्द्रनगर । कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ भोलिदेखि वीरेन्द्रनगर सुर्खेतमा भव्य रूपमा सुरु हुने भएको छ । कर्णाली प्रदेश फुटबल संघको आयोजनामा, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा सुर्खेत जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

प्रतियोगिताको उद्घाटन खेल जेठ १५ गते दिउँसो ३ बजे घरेलु टोली वीरेन्द्रनगर सुर्खेत र सिमीकोट हुम्लाबीच हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे सञ्चालन गरिनेछ । उद्घाटन खेललाई लिएर अहिले सम्पूर्ण कर्णाली फुटबलमय बनेको छ भने वीरेन्द्रनगरको रंगशाला उत्साह, ऊर्जा र खेलप्रेमी दर्शकको प्रतीक्षाले भरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले कर्णालीको फुटबल विकास, स्थानीय प्रतिभाको पहिचान तथा प्रदेशस्तरीय खेल संस्कृतिलाई राष्ट्रिय स्तरसम्म स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनले “कर्णालीको माटोमा फुटबलको नयाँ इतिहास लेख्ने समय आएको” भन्दै सम्पूर्ण खेलप्रेमी, स्थानीय सरकार, व्यवसायी तथा सरोकारवालालाई प्रतियोगिता सफल बनाउन साथ दिन आग्रह गरे ।

संघका अनुसार प्रतियोगितामा कर्णाली प्रदेशका १३ पालिकाको सहभागिता रहनेछ । प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन विजेता टोलीलाई नगद रु. ४ लाख तथा उपविजेतालाई रु. २ लाख पुरस्कार प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न ७ विधामा विशेष पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकाले रु. १५ लाख बजेट विनियोजन गरेको छ । आयोजकका अनुसार प्रतियोगिताले कर्णालीका गाउँदेखि हिमालसम्म लुकेका प्रतिभाशाली खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

Post Comments