News आयोजक रियादलाई पाँचौं रियाद कपको उपाधी
गोलनेपाल

काठमाडौ । साउदी अरबमा रहेका प्रवासी नेपालीहरुबीच सम्पन्न भएको पाँचौं रियाद कपको उपाधी आयोजक रियाद फुटबल क्लबले जितेको छ ।

फाइनलमा रियादले युनाइटेड फुटबल क्लबलाई ३-० को अन्तरले हराउँदै उपाधिमाथी आफ्नो कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको रियादले उपाधिसहित नगद ७ हजार साउदी रियाल हात पार्दा उपविजेता युनाईटेडले ३५ सय रियालसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Post Comments