News युएईमा रारा न्यु ब्वाईजलाई दोस्रो जिसीडी कपको उपाधि
गोलनेपाल

काठमाडौं । जिसीडी रोयल गोर्खा एफसी, दुबई (युएई) को आयोजनामा सम्पन्न दोस्रो जिसीडी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रारा न्यु ब्वाईज फुटबल क्लबले जितेको छ ।

प्रतिस्पर्धात्मक फाइनलमा रारा न्यु ब्वाईजले लमजुङ फुटबल क्लबलाई हराउँदै उपाधिमाथि आफ्जो कब्जा जमाउन सफल भएको हो । विजेता बनेको रारा न्यु ब्वाईजले उपाधिसहित नगद ७ हजार युएई दिराम हात पार्यो भने उपविजेता लमजुङ एफसीले ४ हजार दिरामसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक रारा न्यु ब्वाईजका रोशन गुरुङ बन्दा उत्कृष्ट डिफेन्डर रारा कै सरोज कोइराला चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार लमजुङ एफसीका फिन्जो आले मगरले हात पार्दा लालीगुराँस एफसी फेयर प्ले टिम बन्यो ।

Post Comments