शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत आयोजक भेट्रान्स क्लब झापा र झिलझिले भेट्रान्स क्लब झापा बीचको फाइनल खेल सनिबार भव्यताका साथ सम्पन्न भएको छ।
घरेलु मैदानमा दुधे भेट्रान्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झिलझिलेले उपाधी जितेको हो। झिलझिलेको जितमा पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी मार्फत विशाल राईले गोल गरेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा प्रवीन विश्वकर्माले हेडर मार्फत गोल गर्दै जित सुनिश्चित गराएका हुन्। उता पराजित भएको टोली आयोजकको तर्फबाट कमल खवासले ६० औ मिनेटमा प्राप्त गरेको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा प्रभावशाली खेल प्रदर्शन गरेका विशाल राई म्यान अफ द म्याच हुँदै नगद रु.२००० प्राप्त गरे।
व्यक्तिगत विधातर्फ पनि झिलझिलेकै वर्चस्व कायम रह्यो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्रविन विश्वकर्मा ७ गोल सहित पहिलो हुँदा प्रतियोगिताको बेस्ट डिफेन्डर विशाल सुनुवार घोषित भएका हुन्। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर तिर्थ रिजाल बनेका छन। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरूले जनही नगद रु.२५०० सहित आकर्षक ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आयोजक दुधेका सन्तोष शेर्मा घोषित हुदा नगद रु.६००० सहित सम्मानित भए।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा
- पुर्वेली भेट्रान्स चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा