काठमाडौं । प्रवासी नेपालीका रुपमा युएईमा रहेर पनि नेपाली खेलाडी र फुटबलप्रति नै समर्पित नेपाली फुटबलको छाता संगठन युएई नेपाली फुटबल संघ (अन्फा) को तेस्रो महासभा सम्पन्न भएको छ ।
महासभाबाट संघको अध्यक्षमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा रोबिन श्रेष्ठ र बिनोद भण्डारी रहेका छन् भने महासचिवमा सरोज उप्रेती रहेका छन् ।
त्यस्तै सचिवमा देव राई र दुर्गा ढकाल छन् भने कोषाध्यक्षमा नरेश रिमाल छन् । सह–कोषाध्यक्षमा दिपक थापा रहेका छन् । त्यसबाहेक सदस्यहरुमा मिलन तामाङ, प्रमोद कार्की र दिपेन्द्र बानियाँ रहेका छन् ।
अध्यक्ष पदमा निर्वाचित दिपेन्द्र भण्डारीले धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेर पनि सबैलाई मिलाएर अगाडी बढ्ने बताए । साथै यूएईमा नेपाली फुटबलको विकास, एकता र खेलकुद प्रवर्द्धनमा नयाँ उचाइ हासिल गर्न सक्दो प्रयास गर्ने नयाँ कार्यसमितिले प्रतिबद्धता समेत जनाए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने