
हेटोडा । मकवानपुर जिल्ला फुटबल संघ, हेटौडाको आयोजनामा स्थानीय तह तेस्रो शहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको हुने भएको छ ।
सोमबार एक कार्यक्रमका बीच पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।
यहि आउँदो फागुन २७ देखि चैत ७ गतेसम्म हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लब र अन्य क्लब गरि उत्कृष्ट १० टोलीहरुले सहभागिता जनाउने समेत अध्यक्ष लामाले बताए ।
हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसैगरी विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही २५–२५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै प्रत्येक खेलको म्यान अफ द म्याचले पनि नगद १० हजार प्राप्त गर्नेछ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश हेटौडाको विशेष सहयोग रहने प्रतियोगिताको मुख्य प्रायोजन हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भिमफेदी गाउँपालिका, भिमसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, राक्सीराङ्ग गाउँपालिका र मनहरी गाउँपालिका रहेका छन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा