News
नेदरल्याण्डससँग निरीह स्वीडेन
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ तर्फ समूह एफको दोस्रो चरणको खेलमा नेदरल्याण्डसले प्रभावशाली जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेको नेदरल्याण्डसले दोस्रो खेलमा स्वीडेनलाई ५–१ ले हरायो ।
यो जितपछि दुई खेलबाट ४ अंक जोडेको नेदरल्याण्डस समूहको शिर्ष स्थानमा उक्लेको छ । पराजित स्वीडेन भने ३ अंकका साथ दोस्रो स्थानमा छ । स्वीडेनले आफनो पहिलो खेलमा ट्युनिसियालाई ४–१ ले हराएको थियो ।
आइतबार केहीबेर मै जापान र ट्युनिसिया भिड्दै छन् । हाल जापान एक खेलबाट १ अंकसहित तेस्रो स्थानमा छ भने ट्युनिसिया अंकविहीन रुपमा पुछारमा रहेको छ ।
समूह चरणको अन्तिम खेलमा २५ जुनका लागि स्वीडेनले जापानसँग खेल्नेछ भने सोही दिन नेदरल्याण्डसले ट्युनिसियाको सामना गर्नेछ ।
Post Comments