News
ताप्लेजुङ गोल्डकपः सल्हेश र सातदोबाटो भिड्दै
फुङलिङ । साविक विजेता सर्लाहीको सल्हेश युवा क्लबले काठमाडौँको सातदोबाटो फुटबल क्लबसँग आज चौथो ताप्लेजुङ गोल्डकपको तेस्रो क्वाटरफाइनलमा खेल्दैछन् ।
यसअघिका खेलबाट जर्जियन एफसी भारत र फिदिम स्पोर्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । जर्जियनले आयोजक ताप्लेजुङ र पाँचथरले चित्लाङ एफसीलाई पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको भाग्यशाली दर्शकले एक थान स्कुटी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी, सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने समितिका कोषाध्यक्ष दावा शेर्पाले बताए ।
भदौ १९ गते हुने फाइनल खेल हुने गोल्डकपको च्याम्पियन टोलीले नगद ७ लाख २ हजार ८३ सहित ट्रफी पाउँदा उपविजेताले नगद ३ लाख ५२ हजार ८३ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments