News ल्हासो एफसी पञ्चकन्या गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । ल्हासो कन्सल्टेन्सी एफसी प्रथम पञ्चकन्या गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रत्ननगरस्थित टिकौली मैदानमा आज भएको खेलमा वीरगन्ज युनाइटेडलाई ४-१ ले हराउँदै ल्हासोले अन्तिम ४ मा स्थान बनाएको हो । ल्हासोको जितमा अस्विन तामाङले २ तथा बिकास दर्लामी मगर र रोजल दाहालले एक-एक गोल गरे ।

वीरगन्जका लागि प्रितम चौधरीले एक मात्र गोल गरे । ल्हासोका बिकास प्लेयर अफ दि म्याच बने । उनले ३ हजार रूपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा भोलि सूर्यपुर एफसी कालिका र अभिषेक चर्च रजहर भिड्नेछन् । असोज २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments