News
एपीएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि
धरान । सुनसरीमा सम्पन्न प्रथम धरान महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधी एपीएफ एफसीले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २-० हराउँदै उपाधी जित्न सफल भएको हो । एपीएफको जितमा रश्मि कुमारी घिसिङ र अनिता केसीले गोल गरिन ।
रश्मि फाइनल खेलको प्लेयर अफ द म्याच बनिन । उत्कृष्ट गोलरक्षक एपिएफ कै अन्जिला सुब्बा बन्दा उत्कृष्ट डिफेन्डर पुलिसकी पुजा राना चुनिइन । त्यस्तै उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी बन्दा उत्कृष्ट फरवार्ड पुर्णिमा राई बनिन ।
उत्कृष्ट प्रशिक्षक जिवेश पान्डे बन्दा सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पुलिसकी रेखा पौडेल घोषित भईन ।
Post Comments