बर्दगोरिया । कैलालीमा जारी यु (१६ सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८३ अन्तर्गत दोस्रो दिनका चार खेल सम्पन्न भएका छन्। शनिबार कोटागढी खेलमैदानमा सम्पन्न खेलमा वसन्त मुरारी माध्यमिक विद्यालय, खड्ग मेमोरियल सेकेन्डरी स्कुल, उज्यालो शिक्षा सदन र कृष्ण माध्यमिक विद्यालय विजयी भए।
पहिलो खेलमा वसन्त मुरारी माध्यमिक विद्यालय, बर्दगोरियाले क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुल, लम्कीचुहालाई १–० गोलअन्तरले पराजित गर्यो। विशाल खत्रीले फ्रिकिकमार्फत गरेको गोल निर्णायक बन्यो। उनी प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा खड्ग मेमोरियल सेकेन्डरी स्कुल, टीकापुरले नोबेल सेकेन्डरी स्कुल, बौनियालाई १–० ले हरायो। सन्दीप विष्टले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनी प्लेयर अफ द म्याच घोषित भए।
तेस्रो खेलमा उज्यालो शिक्षा सदन, लम्कीले पायोनियर्स स्कुल, लम्कीलाई निर्धारित समयमा गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्यो। उज्यालोका गोलरक्षक अखिल विष्टले पेनाल्टी बचाउ गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। उनी प्लेयर अफ द म्याच घोषित भए।
चौथो खेलमा कृष्ण माध्यमिक विद्यालय, बाघमाराले हेभन गार्डेन, जोशीपुरलाई २–० गोलअन्तरले पराजित गर्यो। कप्तान जीवन नेपाली र बालकृष्ण ओलीले एक–एक गोल गरे। कप्तान जीवन नेपाली प्लेयर अफ द म्याच घोषित भए।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु। १ लाख २१ हजार र उपविजेताले रु। ६१ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई रु। १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु। १० हजार प्रदान गरिनेछ। फेयर प्ले अवार्डको पुरस्कार रु। ५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु। १ हजार रहेको छ। प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ।
प्रतियोगिताअन्तर्गत मंसिर ६ गते चार खेल हुनेछन्। पहिलो खेलमा मोडेल लाइफ भिजन, लम्की र महुन्याल माध्यमिक विद्यालय, बर्दगोरियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा कल्पवृक्ष इङ्लिस स्कुल, भजनी र लम्की ग्लोबल एकेडेमी, लम्कीचुहा भिड्नेछन्। तेस्रो खेलमा लिटिल बुद्ध, महेन्द्रनगर र सत्यवती एकेडेमी, अत्तरियाबीच प्रतिस्पर्धा हुँदा चौथो खेलमा एभरेस्ट एकेडेमी, अत्तरिया र आरएमई स्कुल, टीकापुर आमनेसामने हुनेछन्।
प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डटकमको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेका छन्।
- सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८३ को भव्य उद्घाटन, बाल बाटिका र कलम बम विजयी
- कैलालीमा जारी तेस्रो खुल्ला अम्मरपुर कपको सेमीफाइनल समीकरण पुरा
- शिशिर मगरको एकमात्र निर्णायक गोलमा चुलीमालिका सेमीफाइनल प्रवेश
- कैलाली जिल्ला फुटबल संघ र धनगढी उपमहानगरपालिकाबीच सम्झौता
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि