News सहज जितका साथ सहलेश सेमिफाइनलमा
गोलनेपाल

सिरहा । सहज जित निकाल्दै घरेलु टोली सहलेश युवा क्लब, सिरहा जारी सिरहा मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सहलेशले माँ कामख्या स्पोर्टस क्लब, झारखण्ड (भारत) लाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सहलेशको जितमा फोडे फोफोना, लुइस भिडाल र जनक कार्कीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच सहलेश कै फोडे फोफोना घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १९ गते बुधबारको पहिलो सेमिफाइनल खेल एफसी मुन्डियाल, हेटौडा र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments